‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक



काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, सङ्गीत, र स्वर प्रशान्त सिवाकोटीको रहेको छ। गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनका कथाहरूलाई समेट्दै गन्धर्व समुदायको सङ्घर्षपूर्ण जीवनलाई प्रस्तुत गरेको छ । साथै, यो गीतले दुःख मात्र नभई प्रेमको पक्षलाई पनि उजागर गरेको छ ।

प्रेमिकासँग चौतारीमा लुकी लुकी भेट्नेदेखि प्रेमको सपनामा रमाउनुपर्ने अवस्थासम्मका प्रसङ्गहरूलाई समेटिएको छ । गीतको अन्त्यमा प्रेमको सपनाबाट ब्युँझिने दृश्यलाई ड्रिम सिक्वेन्सको रूपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख पात्रहरू विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, र देशभक्त खनाललगायतका कलाकारहरूलाई गाउँ गाउँ गएर गीत गाउँदै गरेको देखाइएको छ ।

महेश दवाडीले पटकथा र संवाद लेखेको तथा सरोज पौडेलले निर्देशन गरेको यो चलचित्र कार्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, र जान्वी पौडेललगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्माताको जिम्मेवारी रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकालले सम्हालेका छन्। चलचित्रलाई नेपाल तथा अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सिनेमाको सङ्गीत प्रशान्त सिवाकोटीले दिएका छन् भने हेमन्त कान्छा रसाइलीले सारङ्गीको धुन बजाएका छन्। चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई, र पुष्पन प्रधानको स्वर रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu