स्व. शिव रेग्मीको स्मृतिमा अक्षयकोष स्थापना



regmi-amar

राजेन्द्र आचार्य। नेपाली चलचित्र क्षेत्रको चर्चित निर्देशक स्वर्गीय शिव रेग्मीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । रेग्मीले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै अष्ट्रेलियावासीहरुले पठाएको १ लाख रुपैयामा अक्षयकोष स्थापना गरिएको हो । अष्ट्रेलिया निवासी लिला खरेलले संकलन गरेको सपोटिड्ड चेपाड्ड चिल्ड्रन ईन नेपालका अध्यक्ष एलवि क्षेत्रिको पहलमा आएको रकम खेरलका भाई भानु खरेलले एक कार्यक्रम गरि आज नारायणी कला मन्दिरको रोहबरमा रहनेगरि मन्दिरका पूर्व अध्यक्ष समेत रहेका ऋद्धिचरण श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।

यस्तै श्रेष्ठको संयोजकत्वमा ६ सदस्ययी समिति गठन गरि शिव रेग्मी स्मृति प्रष्ठिान अक्षयकोष गठन गरिएको हो । विशेष मोफसलमा रहेर कला, सस्कृति र संगीतको उत्थानका लागि योगदान दिने व्यक्तीहरुलाई प्रत्येक २ बर्षमा अक्षकोषबाट आएको ब्याजबाट सम्मान गर्ने नारायणी कला मन्दिरका अध्यक्ष दिलिप पियाले बताए । नेपाली चलचित्र जगतमा रेग्मीले पुर्‍याएको योगदानलाई राज्य पनि कुनै सम्बोधन नगरेका कारण आफुहरुले सो अक्षयकोष स्थापना गर्ने सहयोगको खरेले बताए । कला मन्दिरको अध्यक्ष दिलिपि पियाको अध्यक्षतामा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा स्व.रेग्मीकी श्रीमति ज्ञानु रेग्मी, भाई शंकर रेग्मी, उनका सहपार्टी पुष्प आचार्य सहितका व्यक्तिहरु सहभागी रहेको थियो ।

स्वर्गीय रेग्मीले आफन्त, आफ्नो मान्छे, मुग्लान, ए मेरो हजुर,सुख–दुख,हामी तिन भाई, कहा“ भेटिएला सहितका २ दर्जन बढी सफल फिल्मको निर्देशन गरेका थिए । विशेषतः यथार्थपरक र दैनिक जीवनयापनको कथामा फिल्म निर्देशन गरेका रेग्मीले मिलन–बिछोड, आँसु–हाँसोलाई कुशलतापूर्वक पर्दामा उतार्ने खुबी थियो । उनी नारी संवेदनामाथि चलचित्र निर्माण्ँ संगरी सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म २ दर्जन वटा चलचित्र निर्देशन गरेका थिए ।

रेग्मीले नारायणी कला मन्दिरबाट रगमञ्च हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । मिर्गौला रोगबाट पीडित रेग्मीको उपचारको क्रममा काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा २०७० साल मंसिर २४ गते बिहान निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu