नेपाल र अमेरिकामा एकसाथ रिलिज हुँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’



काठमाडौं। यस वर्षको दसैँको घटस्थापनाको दिन नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ नेपाल र अमेरिकामा एकसाथ प्रदर्शन हुनेछ। यो चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारहरू तीव्र गतिमा बिक्री भइरहेका छन्, जसमा संयुक्त राज्य अमेरिकामा प्रदर्शन अधिकार हालै नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।

चलचित्र ‘बेहुली फ्रम मेघौली’ नेपालमा रिलिज हुने दिनदेखि नै अमेरिकाका प्रमुख सहरहरू जस्तै ड्यालस, बोस्टन, न्यूयोर्क, सान फ्रान्सिस्को लगायत ६० भन्दा बढी स्थानहरूमा प्रदर्शनको तयारी भइरहेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत यो चलचित्रको टिजर, ट्रेलर, र गीतहरूले दर्शकहरूबिच ठुलो उत्साह जगाएको छ। चलचित्रको प्रदर्शन अधिकारका लागि अस्ट्रेलिया, युरोप, र मध्यपूर्वका देशहरूसँग पनि वार्ता भइरहेको छ।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रमा निश्चल र स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीले पनि अभिनय गरेका छन्। चलचित्रलाई ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। निर्माता निश्चल बस्नेत र स्वस्तिमा खड्का हुन् भने कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu