चलचित्र ‘सारङ्ग’ को फर्स्ट लुक पोस्टर सार्वजनिक, मङ्सिर ७ बाट प्रदर्शन हुने



काठमाडौं। बाल मनोविज्ञान, बाल अधिकार, तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा आधारित नेपाली चलचित्र ‘सारङ्ग’ को फर्स्ट लुक पोस्टर बिहीबार सार्वजनिक गरिएको छ । पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि तोकिएको छ, जसअनुसार फिल्म ०७ मङ्सिरबाट देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ ।

पोस्टरमा अभिनेत्री ऋचा शर्मा, अभिनेता उत्पल झा, बाल कलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । यस चलचित्रलाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । तामाङले नै चलचित्रको लेखन गरेका हुन् ।

‘सारङ्ग’ मा समीर मणि दीक्षित, सुरज तमु, मणि के. राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग केसी, विश्व स्याङ्वो, र प्रभातजंगको समेत अभिनय रहेको छ । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्मका डिओपी गोपाल राय हुन्, भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । 

चलचित्रका गीत डिपी खनालले लेखेका छन्, र सङ्गीत शङ्कर थापा ‘स्माइल’ ले दिएका छन् । निर्देशक तामाङले फिल्मले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu