‘जेरी अन टप’मा सुरक्षा पन्त अनुबन्ध



काठमाडौं। निर्देशक सुयोग गुरुङको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘जेरी अन टप’मा अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा अनुबन्धित भएकी छन् । निर्माता सरोज न्यौपानेले पन्तको सहभागितालाई पुष्टि गर्दै चलचित्रको कास्टिङ लाइनअपलाई थप सशक्त बनाएको बताएका छन् ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा यसअघि नै अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा, र जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्धित भइसकेका थिए । चलचित्रको कथा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ, जसमा विभिन्न परिस्थितिहरूले सम्बन्धहरूमा पारेको प्रभावलाई रोचक ढङ्गले प्रस्तुत गरिनेछ । फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् भने चर्चित कथा वाचक साइग्रेस पोखरेलले स्क्रिप्ट लेखनमा सहकार्य गरेका छन् ।

निर्माता सरोज न्यौपानेले ‘जेरी अन टप’ नेपाली चलचित्रमा अहिलेसम्म नदेखिएको कथावस्तुमा आधारित हुने उल्लेख गरेका छन् । निर्माण टोलीमा दीपक भण्डारी, रविन शेरचन, र रामकृष्ण श्रेष्ठ रहेका छन् भने ओम अग्रवाल र विवेक थापा एसोसिएट निर्माताको रूपमा संलग्न छन् ।

चलचित्रको छायाङ्कन काठमाडौं, लुक्ला, र बलिउड चलचित्र ‘थ्री इडियट्स’को प्रसिद्ध छायाङ्कन स्थल भारतको लद्दाखमा गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu