मुस्ताङमा अकस्मात् आएको बाढीले ‘एक्लो’को सेटमा क्षति, छायाङ्कन प्रभावित



काठमाडौं। छायाङ्कनको लागि माथिल्लो मुस्ताङमा बनाइएको चलचित्र ‘एक्लो’को सेटमा अकस्मात् आएको बाढीले क्षति पुर्‍याएको छ, जसको कारण छायाङ्कन प्रभावित भएको छ ।

काठमाडौँमा शुभ मुहूर्त गरी ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन पछि, निर्माण टिम गत महिना छायाङ्कनको लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित यस चलचित्रको लागि करिब ४० लाख खर्च गरेर माथिल्लो मुस्ताङमा सेट तयार गरिएको थियो । मङ्गलवार आएको बाढीले सम्पूर्ण सेटलाई क्षति पुर्‍याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताएका छन् । बाढीले सेट बगाउँदा निर्माण टिमलाई ठूलो आर्थिक घाटा भएको छ।

प्रदीप शाहीको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रलाई बाबु श्रेष्ठले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा हलिउड अभिनेता जेमी बेकनका साथै प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एभन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङलगायतका कलाकारहरूको अभिनय रहनेछ । 

चलचित्र ‘एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, सङ्गीता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, र बागवीर पुन हुन् । बाबु श्रेष्ठको छायाङ्कन रहने यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन, र प्रेम खड्का तथा सुवराज कार्कीको प्रोडक्सन डिजाइन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu