आफू बेहुली हुँदाको कथा लेखेर ‘बेहुली फ्रम मेघौली’को ग्राण्ड प्रिमियरमा सहभागी हुने अवसर



काठमाडौं। यही असोज १७ गते रिलिज हुने नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले दर्शकहरूलाई विशेष अवसर प्रदान गरेको छ, जहाँ महिलाहरूले आफू बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्न सक्नेछन् ।

चलचित्रकी नायिका तथा निर्मात्री स्वस्तिमा खड्काका अनुसार उत्कृष्ट कथा लेख्ने व्यक्तिलाई चलचित्रको ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ, साथै दुई वटा टिकट पनि प्रदान गरिनेछ । “यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस्,” खड्काले भनिन् ।

कथामा सहभागी हुन चाहनेहरूले ३०० शब्दभित्र आफ्नो बेहुली हुँदाको अनुभव लेखी [email protected] वा [email protected] मा असोज १० गतेदेखि पठाउन सक्नेछन् ।

चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्कासँगै वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको अभिनय रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टरको भूमिकामा छन् भने, नरेन्द्र मैनालीले छायाङ्कन, प्रदीप लामा र केबिका खत्रीले कोरियोग्राफी, जयन जे वाइबा र कुशल पोखरेलले सङ्गीत, र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu