‘झोला’ र ‘साँघुरो’ सार्क फिल्म फेष्टिभल २०१४ को मनोनयनमा



jhola

सय बर्ष पुरानो सतिप्रथाको कथालाई जोडेर तयार ऐतिहासिक नेपाली चलचित्र ‘झोला’ ‘सार्क फिल्म फेष्टिभल २०१४’ मा मनोनयनमा परेको छ । नेपाली चलचित्र हलमा दर्शकको अत्याधीक साथ पाएको यो चलचित्र यहि मे २० देखि मे २५ सम्म श्रीलंकाको कोलम्बोमा आयोजना हुने यस फेष्टिभलमा मनोनयनमा परेको हो ।

फेष्टिभलमा चलचित्र झोलालाई मे २४ मा प्रदर्शन गरिने सार्वजनिक तालिकामा उल्लेख छ । आफ्नो चलचित्रले फेटिभलमा सहभागी जनाउने पक्का भएपछी चलचित्रका निर्देशक यादवकुमार भट्टराई मंगलवार कोलम्बो तर्फ लागेका छन् ।

साहित्यकार कृष्ण धाराबासीको कथामा आधारित यो चलचित्रलाई उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा राज तिमल्सिना, मालती शाह, रामगोपाल थापा र सुशिल शाहले निर्माण गरेका हुन । चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् ।

चलचित्रमा गरिमा पन्त दिपक क्षेत्री, देशभत्त खनाल लक्ष्मी गिरी सुजल नेपाल आदिको अभिनय रहेको छ । यो चलचित्रले नै नायिका गरिमाको हाईट समेत ह्वात्तै बढाएको छ । ‘सार्क फिल्म फेष्टिभल’मा सहभागिता जनाउन पाउनु ठुलो उपलब्धी भन्दै निर्माता मध्यका एक राज तिमल्सिनाले यसको श्रेय दर्शकलाई जाने बताए ।

यो फेस्टिभलमा नेपाल लगायत भारत बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिसका लामा तथा छोटा चलचित्र प्रदर्शन हुँदैछन् । फेस्टिभलमा नेपालबाट ‘झोला’सँगै अर्को चलचित्र ‘साँधुरो’ पनि मनोनयनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu