बालगायक मृदुल राठीको ‘मेरो मन्दिर’ गीत सार्वजनिक



काठमाडौं – प्रतिभाशाली बालगायक मृदुल राठीको आवाजमा रहेको पहिलो गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरशाला युट्युब च्यानलमार्फत मङ्गलवार सार्वजनिक गरिएको यस गीतमा बालगायक राठिको स्वर तथा अमृत क्षेत्रीको शब्द र सङ्गीत रहेको छ ।

‘मेरो मन्दिर’ गीतले हजुरबुबा, हजुरआमा, बुबा-आमाको प्रेम र त्यागलाई उजागर गर्दै उनीहरूप्रति समर्पण गरिएको छ । गीतको म्युजिक भिडियोमा बालगायक मृदुल राठीकै बुबा-आमाले अभिनय गरेका छन्, जसले भिडियोमा अभिभावकहरूका योगदान र सन्तानप्रतिको माया, समर्पणलाई भावुक रूपमा प्रस्तुत गरेको छ ।

यस म्युजिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् भने छायाङ्कन निसल पौडेलले सम्हालेका छन् । भिडियोमा देखाइएको सन्देशले अभिभावकप्रतिको स्नेह, त्याग, र सम्मानको भावलाई स्पष्ट रूपमा दर्साएको छ । बालगायक राठीले उक्त गीत आफ्नो हजुरबुबा सखरलाल राठीप्रति समर्पित गर्दै अभिभावकहरूको योगदानप्रति सम्मान प्रकट गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu