युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘खुस्मा’को लोकप्रिय गीत ‘रुकुम मैकोट’



काठमाडौं। चलचित्र ‘खुस्मा’को लोकप्रिय गीत ‘रुकुम मैकोट’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । विश्वव्यापी रूपमा हेरिएका शीर्ष १०० म्युजिक भिडियोहरूमा यो गीत ७३ औँ स्थानमा पुग्न सफल भएको हो ।

नेपालमा भने यो गीत युट्युबको सङ्गीत तर्फ केही दिनदेखि लगातार पहिलो स्थानमा रहँदै आएको छ । गीतको भिडियोलाई अहिलेसम्म १ करोड ४२ लाखभन्दा बढी पटक हेरिएको छ । लोकलयको यस गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको छ भने भिडियोमा ‘खुस्मा’का मुख्य कलाकारहरू धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन् ।

अशोक थापा मगरको निर्देशनमा बनेको ‘खुस्मा’ले सफलताका साथ नेपालका चलचित्र घरहरूमा प्रदर्शन कायम राखेको छ। यो चलचित्रले पहिलो तीन दिनमा २ करोड ५५ लाखको ग्रस कलेक्सन गरेको वितरकले सार्वजनिक गरेका छन्।

युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको अर्को नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ ८२ औँ स्थानमा रहेको छ ।

‘रुकुम मैकोट’ गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu