नेपाल-अफ्रिका फिल्म फेस्टिवल सुरु



african

[dropcap]चौ[/dropcap]थो आन्तरराष्ट्रिय ‘नेपाल-अफ्रिका फिल्म फेस्टिवल २०१४’ मंगलवारदेखी राजधानीमा सुरु भएको छ । ‘रसियन कल्चरल सेन्टर’मा पर्सी (बिहिवार) सम्म चल्ने यो फेस्टिभलको संविधानसभा सदस्य तथा नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रञ्जित कर्णले उद्घाटन गरे ।

यसअघी सिक्षामन्त्री चित्रालेखा यादवले उद्घाटन गर्ने भनिए पनि उहाँको कार्य व्यस्तता देखाउँदै कार्यक्रममा कर्ण प्रमुख अतिथी बनेर पुगेका थिए । सुरुको दिन सेनेगलको डकुमेन्ट्री ‘टुकी बुकी’सँगै नेपाली चलचित्र ‘राहदानी’ देखाईएको छ । यो चलचित्रलाई सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् ।

फेस्टिवल बुधवार तीन वटा र बिहिवार पनि तीन वटा डकुमेन्ट्री देखाएपछी समापन हुनेछ । जहाँ नेपालसहित अफ्रिकी मुलुक नाईजेरिया, मोरक्को, युगाण्डा, साउथ अफ्रिका, कंगो, इजिप्ट लगायतका देशका विभिन्न छोटा तथा लामो चलचित्र प्रस्तुत हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu