बद्री र रचनाको स्वरमा कस्तुपको लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक



काठमाडौं। सारथि म्युजिकले नयाँ लोकदोहोरी गीत ‘मगमग वासना’ सार्वजनिक गरेको छ। गीतमा नेपाली लोक सङ्गीतका चर्चित गायक बद्री पङ्गेनी र गायिका रचना रिमालको स्वर रहेको छ। यो सुमधुर युगल गीत प्रसिद्ध गीतकार र सङ्गीतकार कस्तुप पन्तले शब्द रचना र सङ्गीतबद्ध गरेका हुन्।

यो गीत लोकलयका शब्द र परम्परागत नेपाली लोक सङ्गीतको मिठासले भरिएको छ। गीतको सङ्गीत संयोजन, मिक्सिङ, र मास्टरिङ एचबीएन किस्मतले गरेका छन् भने, यो गीतको रेकर्डिङ आकाश नेपाली र राज खड्काले गरेका हुन्।

गीतको भिडियोलाई प्रशान्त मगरले निर्देशन गरेका छन् भने करण खतिवडाले सहायक निर्देशन गरेका छन्। भिडियोमा अभिनेता पल शाह र मोडल जुना विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने, सम्पादन र कलर ग्रेडिङको काम दीपक विष्टले गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu