‘कल्ली’मा तीन लोकप्रिय कलाकार अर्पण, बुद्धि र कमलमणि



काठमाडौं। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘कल्ली’मा तीन लोकप्रिय कलाकार अनुबन्धित भएका छन्। अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल यस चलचित्रका मुख्य भूमिकामा देखिनेछन्। तथापि, उनीहरूले चलचित्रमा निर्वाह गर्ने पात्रहरूबारे निर्माण पक्षले खुलासा गरेको छैन।

निर्माता किरण नेपालीको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्। पटकथा तथा संवाद भने महेश दवाडीले लेखेका छन्। नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै चलचित्रलाई चैत्र २९ गते रिलिज गर्ने योजना रहेको छ।

‘कल्ली’को छायाङ्कनका लागि कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानहरू छानिएका छन्। निर्देशक लक्ष्मण सुनारका अनुसार, तिहारपछि चलचित्रको छायाङ्कन सुरु गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu