हेमासँगै भाग्य पनि विदेशियोः चाम्स



[dropcap][/dropcap]लचित्र ‘हँसिया’लाई नायिका हेमा श्रेष्ठले दिएको धोकाको बारेमा बजारमा बिभिन्न चर्चा रहेका छन् । हेमाले प्रचार-प्रसार लत्याएर अबुधावीमा एयर होस्टेस् बन्न गएपछि थप प्रोपोगाण्डा भइरहेका छन् । निर्देशक मिलन चाम्सले म्यूजिक भिडियोमा स‍िमित हेमालाई चलचित्रमा डेब्यू गराउँदै उनलाई ठुलै मौका दिएका थिए । तर, रिलिजकै बेला विदेश लागेर हेमाले चलचित्रलाई ठुलै चोट पुर्‍याएकी छिन् ।

Milan-Hema
चाम्सले आठ महिना तालिम गराएर चलचित्रमा एक्शन नायिकाको रुपमा उतारेका थिए । निर्देशक हेमाको कामबाट सन्तुष्ट पनि थिए । हेमा मार्शल आर्टको प्लेयर पनि हुन् जसको कारण एक्शन नायिका हुन थप सहयोग मिलेको छ । निर्देशक चाम्सले व्यक्तिगत जिवनमा आफ्नो भबिष्य निर्माणको लागि हरेकलाई आफ्नै हक भएको बताउँदै हेमाको चर्चा र उचाई हुँदाहुँदै पनि उहाँ विदेशिँदा चित्त दुखेको बताउँछन् । ‘मेरो चित्त दुखाई कहाँनेर हो भने आठ महिना तालिम गराएर जुन चलचित्र बनाएँ यसबाट यस्तो राम्रो चर्चा र उचाई हुँदाहुँदै पनि उहाँ विदेशिनु भनेको उहाँकै भाग्य जानु हो जस्तो महशुस मैले गरेको छु’ चाम्स भन्छन्, ‘यो बेलामा मलाई सहयोग गर्नुपर्थ्यो । जसलाई आफ्नो ठानेर कुनै कुरामा पनि कम्परमाईज गरिन मैले । अहिले चटक्क छोडेर जाँदा मेरो आफ्नो चित्त दुखाई चाहिँ हो । हिजो हेमा श्रेष्ठ कुन पोजिसनमा थियो र आज कहाँ छ र भोली के हुन्छ भन्ने चलचित्र हेरिसकेपछाडी दर्शकले मुल्यांकन गर्नुहुनेछ । यति हुँदा-हुँदै पनि धोका दिएर जानेलाई के भन्ने’ ?

हेमा चलचित्रमा नयाँ भएकोले उनि अलि बढि अतालिनु स्वभाविक हो तर एकैपटक एयर होस्टेस् हुन किन गईन् त ? चाम्स भन्छन्, ‘मैले पटक-पटक के भनेको थिएँ भने ‘तिमी को हौ भन्ने कुरा तिमी आँफैले चिनेको छैनौ, आफुलाई चिन्नु जरूरी छ ।’ उसलाई जहिले पनि उत्साहित बनाउँथे । यति हुँदा-हुँदै पनि अतालिएर एयर होस्टेस् हुन जानु भनेको उसले आँफैलाई नचिनेर होला’ ।

Hasiya
हेमा एयर होस्टेस हुनुमा हसियाको मुख्य हात छ । निर्देशकका अनुसार हसियाको ट्रेलर हेर्नासाथ हेमा पास भएकी थिइन् । ‘उनले जागिर पाउनुमा पनि हसियाको ठुलो भूमिका छ । जब उनले आवेदन दिइन् त्यसपछि अन्तर्वाताको क्रममा अहिलेको प्रोफेशन सोधियो । त्योबेला अभिनेत्री भनेपछि प्रमाण हेर्न खोजियो । ‘हसिया’को ट्रेलर हेरेपछि तुरुन्तै पास भइन् । उनले अफिससँग कुरा गरेर ‘हसिया’ रिलिज पछाडी मात्रै आउँछु भनेको भए सबैलाई फाइदा हुने थियो’ चाम्सले ठुलोपर्दा डटकमलाई बताए ।

हेमा हाल युएईको अवुधाबी स्थित इतिहात एयरलाईन्समा एयर होस्टेसको रुपमा कार्यरत छिन् । नेपालमा उनका फ्यान बढेका छन् तर उनि चलचित्रबाटै टाढा हुँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu