‘छक्का पञ्जा ५’ को दोस्रो गीत ‘ब्रेकअप सङ्ग’ सार्वजनिक, गीतमा रोचक शब्द र दृश्य



काठमाडौं। चलचित्र ‘छक्का पञ्जा ५’ को दोस्रो गीत ‘ब्रेकअप सङ्ग’ सार्वजनिक गरिएको छ। यो गीतलाई चर्चित गायक बाबुल गिरीले गाएका छन् भने उनी आफैँले गीतको सङ्गीत, शब्द, एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग समेत गरेका छन्। गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपा श्री निरौला, सुरवीर पण्डित, र रामेश्वर केसीलाई फिचर गरिएको छ। भिडियोमा कलाकारहरूको मनमोहक प्रस्तुति तथा आकर्षक नृत्यले दर्शकलाई मोहित बनाएको छ।

‘छक्का पञ्जा ५’ यसपालिको दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रकी निर्देशक दीपा श्री निरौलाले यस पटक पनि दर्शकलाई हँसाउने र सन्देश दिने प्रयास गरेको बताएकी छिन्। चलचित्रमा निर्माता निर्मल शर्मा र तेज गिरी रहेका छन्। यस शृङ्खलामा अभिनेता आर्यन सिग्देलले केमियो भूमिका निर्वाह गरेका छन्, जसले चलचित्रलाई थप रोचक बनाउने अनुमान गरिएको छ।

चलचित्रको छायाङ्कन हरि हुमागाईँले गरेका हुन् भने पटकथा दीपकराज गिरीले लेखेका छन्। उनलाई कथा र संवादमा केदार घिमिरे र दिलीप तामाङले सहयोग गरेका छन्। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र विपिन मल्लको सम्पादन रहेको छ।

‘छक्का पञ्जा’ शृङ्खलाका अघिल्ला चार भाग सुपर हिट साबित भएका थिए। पाँचौँ शृङ्खलाले पनि सोही सफलता दोहोर्‍याउने अपेक्षा गरिएको छ। दर्शकहरूले यस शृङ्खलामा पनि दीपकराज गिरी र केदार घिमिरेको हास्य अभिनयको प्रतीक्षा गरिरहेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu