अष्ट्रेलियाको भिसा छोडेर क्यामेरामा सुन्दर पश्चिम खोज्दै कैलाश



kailash

[dropcap][/dropcap]लचित्र निर्देशक समाजले निर्देशकहरुको दक्षता वृद्धीको लागी २ बर्ष पहिले लमजुङको घलेगाउँमा गरेको ‘वर्कसप’मा सहभागी थुप्रै अनुभवी तथा नाम चलेका निर्देशकहरुलाई पछी पार्दे उत्कृष्ट डकुमेन्ट्री ‘मन्सरी’ निर्देशन टिमका सदस्य कैलाश न्यौपानेले त्यसपछी आफ्नै निर्देशनमा ‘निरिह’ नामक डकुमेन्ट्री बनाएर देशभर प्रदर्शन समेत गरेका थिए ।

हालसम्म करिब आधा दर्जनजती डकुमेन्ट्री निर्देशन गरेका कैलाश अहिले सुदुर पश्चिमेली संस्कृतीलाई जोड दिएर तयार गर्दै गरेको नयाँ डकुमेन्ट्री ‘व्लयाक ईन ब्युटी’को पोस्ट-प्रोडक्शनमा व्यस्त छन् । यो डकुमेन्ट्रीमा बिशेषतः पश्चिम नेपालका नागरिकहरुको जीवन पद्धती, स्थानिय कला संस्कृती र बाहिर नआएका तर पर्यटनको लागी ठुलो संभावना बोकेका ठाउँहरुलाई जोड्न खोजेको कैलाश बताउँछन् ।

साथै यो डकुमेन्ट्रीले युवा पुस्तामा पछिल्लो समय बढ्दै गएको बिदेशीने मनोवृतीको विपरित युवाहरुले नेपालमा नै रहेर यहाँकै सभावनाहरुको खोजी गर्ने हो भने भने विकशितको सुचीमा परेका देशहरु भन्दा पछाडी नेपाल नरहेको कुराहरुलाई समेत उल्लेख गरिएको उनले बताए ।  ‘व्लयाक ईन ब्युटी’मा दशकौं देखी नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार तथा कवि नवराज लम्सालको तथा अमेरिकन पत्रकार तथा लेखिका ‘एमेण्डा समर’को समेत बिशेष भुमिकामा देखिँदैछन । यो डकुमेन्ट्री मेकिङको लागी काठमाडौंबाट एक्लै सुदुर पश्चिम पुगेर कैलाशले एक महिना बताएर त्यहाँको परिवेशमा घुलमिल हुँदै आफुले नै क्यामेरामा दृश्य कैद गरेका थिए ।

kailash1
गोरखा जिल्लामा जन्मेका कैलाशले पश्चिम बसाईको अनुभव सुनाउँदै भन्छन, ‘पहिले मैले मेरो जन्मघर र काठमाडौं आसपासलाई मात्रै नेपाल सम्झिन्थे तर त्यहाँ पुग्दा आश्चर्यमा परेँ, अनि बल्ल थाहा भो हामी प्राकृतिक सौन्दर्यतामा कति धनी रहेछौं भनेर’ । सँगसँगै उनले यो डकुमेन्ट्रीमा सामाजिक पर्यटनको विकास र सुदुर पश्चिमका समस्या र सम्भावनाहरुको राम्रो चित्रण हुने समेत बताए ।

अध्ययनको लागी अष्ट्रेलियाको पेपर आउँदा आउँदै पनि त्यसलाई छाडेर आफ्नै देशमा केहि गरौं तथा यहाँकै समस्या र सम्भावनालाई बाहिर ल्याउन सकेमा केहि हुने सोचमा उनी काठमाडौबाट एक्लै सुदुर पश्चिम पुगेका थिए । यो डकुमेन्ट्रीमा पनि खास त विदेश जाने तयारी पुरा हुँदा हुँदै पनि त्यसलाई छाडेर देशमै सम्भावना देखेर संघर्ष गरिरहेको युवाको कहानी र आफ्नै वास्तविक परिवेशलाई चरितार्थ गरेको उनी वताउँछन् ।

पश्चिम नेपालको सुदुर पश्चिम राजधानीबाट टाढा रहेको कारण नै पछी परेको कुरा औल्याउँदै उनले ‘सुदुर पश्चिम’ सुदुर नभएर सुन्दर पश्चिम’ भएको तर्क गर्छन् ।
उनले एक बर्ष पहिले सञ्चालनमा ल्याएको आफ्नै कम्पनि आभा ग्रुप प्रा.लीको तर्फबाट डकुमेन्ट्री ‘व्लयाक ईन ब्युटी’लाई सार्वजनिक गर्ने तयारीमा छन् । ‘क्रियटिभ माईण्ड’का धनी तथा सँधै केहि नयाँ गरौं भनेर लागिपरिरहने कैलाशलाई संधै सफलता हात परिरहोस हाम्रो तर्फबाट पनि शुभकामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu