डकुड्रामा ‘हामी छौँ’को ट्रेलर सार्वजनिक, असहाय तथा पीडित व्यक्तिहरूको सङ्घर्षको कथा



काठमाडौं। सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’ को ट्रेलर सार्वजनिक भएको छ। यस डकुड्रामामा सलिना बस्नेत र आर्यन पौडेलले प्रमुख भूमिका निर्वाह गरेका छन्।

यस डकुड्रामाको ट्रेलरमा घरेलु हिंसादेखि यौनिक हिंसासम्मका पीडितको कथालाई आधार बनाएर निर्माण गरिएको छ। यो डकुड्रामा सात शृङ्खलामा विभाजित छ र यसको कथावस्तु नेपालको विभिन्न स्थानमा रहेका असहाय तथा पीडित व्यक्तिहरूको सङ्घर्षको वरिपरि घुम्छ। यसमा रुश्मा राई, जयकिशन बस्नेत, उदय सुब्बा, राजु गिरी, सरिता गिरी, सुमिन गुरुङ, सुशान्तकुमार श्रेष्ठ, उमा कार्की, पुरन थापा, लय सङ्ग्रौला, सुस्मा लामा, समीर खान, र गणेश बुढाथोकीजस्ता कलाकारहरू समावेश छन्।

डकुड्रामाका प्रस्तुत कर्ता शोभित बस्नेतले यस परियोजना पीडितहरूको सहयोगार्थ निर्माण गरिएको बताएका छन्। विशेष गरी देशका सात वटा प्रदेशबाट सात जना अशक्त र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई छनोट गरी उनीहरूको जीवनको सङ्घर्षलाई प्रस्तुत गरिएको छ। शोभितका अनुसार यो डकुड्रामा हरेक शनिवार ओएसआर डिजिटलमार्फत असोज १२ गतेदेखि प्रसारणमा आउनेछ।

डकुड्रामामा रामजी राउतको निर्देशन रहेको छ भने यसका अन्य प्रमुख प्राविधिकहरूमा रामजी लामिछाने (कोरियोग्राफी), सौरभ लामा (छायाङ्कन), आनन्द अधिकारी (गीत), शम्भुजित बासकोटा (सङ्गीत), सुशील देवकोटा (लेखन), बन्दे प्रसाद (सम्पादन), मदन न्यौपाने (शृङ्गार), र केवलमान सिंह बस्नेत (प्रोडक्सन) रहेका छन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu