कार्तिक १५ बाट पछि हट्यो ‘मायावी’, अब कहिले रिलिज हुन्छ ?



काठमाडौं। कार्तिक १५ गते लक्ष्मी पूजाको अवसरमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘मायावी’ को प्रदर्शन मिति पछि सरेको छ। यो चलचित्र अब पुस २६ गते रिलिज हुने वितरक करण श्रेष्ठले पुष्टि गरे।

वितरक श्रेष्ठका अनुसार, एकै दिन तीन वटा चलचित्रको भिडन्तले सबैलाई असर गर्ने भएकाले यस्तो निर्णय लिइएको हो। उनले भने, “तीन तीन वटा सिनेमा जुधाउँदा सबैलाई असर पर्ने अनुमान गरी सोही कुरालाई ध्यानमा राख्दै हामीले ‘मायावी’लाई पुस २६ गते रिलिज गर्ने तयारी गरेका छौँ।” चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेर चाँडै औपचारिक रूपमा प्रदर्शन मिति घोषणा गरिने पनि श्रेष्ठले जानकारी दिए।

यसअघि ‘मायावी’ कात्तिक १५ गते ‘एक्टर: टेक वन’ र ‘पूर्ण बहादुरको सारङ्गी’ सँगै प्रदर्शन हुने भनिएको थियो। ‘मायावी’को प्रदर्शन मिति सरेसँगै अब कात्तिक १५ मा यी दुई चलचित्र मात्र रिलिज हुनेछन्।

दिवाकर भट्टराईको निर्देशनमा बनेको यो ‘मायावी’को मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईँ रहेका छन्। यस चलचित्रमा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu