म्युजिक भिडियो ‘तिमीसँग बोल्न मन लाग्यो’ सार्वजनिक



काठमाडौं। गीतकार डब्बु क्षत्रीले आफ्नो पुरानो गीत ‘तिमीसँग बोल्न मन लाग्यो’ को भिडियो दर्शकमाझ ल्याएका छन्। आइतबार सार्वजनिक गरिएको यो भिडियोले सात वर्षअघि रेकर्ड गरिएको गीतलाई पुनः मिक्सिङ गरेर प्रस्तुत गरिएको छ। यो गीत पहिले क्षत्रीको गीतिसङ्ग्रह ‘गुलाबी स्वरहरू’मा समावेश गरिएको थियो, तर त्यस बेला यसको भिडियो बनेको थिएन।

क्षत्रीले गीतको रचना मात्र होइन, यसको निर्देशन पनि आफैँले गरेका छन्। उनले भने, “गीत अनुसारको भिडियो बनाइएको छ, र यसलाई पुनः मिक्सिङ गरेर हामीले बजारमा ल्याएका हौँ।” गायिका केन्जुमा सुब्बाको स्वर रहेको यो गीतलाई विन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यो गीतमा सङ्गीतकार जुगल डङ्गोलले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन पनि डङ्गोलकै हो। कृष्ण रसालले कोरियोग्राफी गरेको यो भिडियोमा छायाङ्कन प्रवीण सुवेदीले गरेका हुन्। सम्पादन वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटले गरेका हुन्, साथै रङ्ग संयोजन पनि उनीहरूले नै मिलाएका छन्।

यो गीतमा युगल जोडीको प्रेम र आशक्तिको कथा प्रस्तुत गरिएको छ। गीतको भावअनुसार भिडियो पनि प्रेमकथामा आधारित छ। शर्मिला बुढाथोकी र यसराज गराचले प्रमुख भूमिका निर्वाह गरेका छन्।

गीतको भिडियो सर्लाहीको बागमती र नुनथर क्षेत्रका सुन्दर प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको हो।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu