निर्देशक प्रकाश भट्टले म्युजिक भिडियोमा दोहोर्‍याए भारतीय अभिनेत्री महरा, ‘जुनकिरी’ गीत सार्वजनिक



काठमाडौं। डेभिड शङ्कर र बेनिशा पौडेलको स्वरमा रहेको नयाँ गीत ‘जुनकिरी’ सार्वजनिक भएको छ। यो गीतमा युवकले युवतीको आँखाको सौन्दर्यको चर्चा गरेका छन् भने युवतीले आफ्नो स्वभाव र सौन्दर्यलाई वर्णन गरेकी छन्। गीतमा दीपक शर्माको सङ्गीत र शब्द रहेको छ।

‘जुनकिरी’ गीतको भिडियोलाई ख्यातिप्राप्त निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन्। भिडियोमा भारतीय अभिनेत्री श्वेता महरा र नेपाली अभिनेता कुन्साङ बोम्जनले मुख्य भूमिका निभाएका छन्।  निर्देशक भट्ट र अभिनेत्री महराको यो दोस्रो सहकार्य हो। यसअघि, उनीहरूले नेपाली अभिनेता नाजिर हुसेनको साथमा कुमाउँ शैलीको गीत ‘फूल हजुरी’को म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका थिए।

गीतको छायाङ्कन करण चैसिर र उनको टिमले गरेका छन् भने भिडियोको सम्पादन र रङ संयोजन टेकेन्द्र शाहले गरेका छन्। भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu