‘कल्ली’मा सौगात मल्लको प्रवेश, पल शाह हटेको चर्चा



काठमाडौं। अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमलाको पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको नेपाली चलचित्र ‘कल्ली’मा नयाँ अपडेट आएको छ। पछिल्लो जानकारी अनुसार अभिनेता सौगात मल्ललाई चलचित्रमा अनुबन्धित गरिएको छ।

निर्माण पक्षले मल्लको भूमिकाबारे आधिकारिक जानकारी नदिए पनि, पल शाहले निभाउन लागेकै भूमिकामा मल्लले प्रवेश गरेको चर्चा चलिरहेको छ। यसले पल शाह चलचित्रबाट बाहिरिएको अड्कल गरिएको छ।

‘कल्ली’ चलचित्र रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुँदैछ। निर्माता किरण नेपालीले प्रस्तुत गर्ने यस चलचित्रको निर्देशन ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारले गर्दैछन्। पटकथा र संवाद महेश दवाडीले लेखेका छन् भने प्रोडक्शन हेड सुरज आचार्य हुन्। चलचित्र नयाँ वर्ष २०८२ को अवसर पारेर चैत्र २९ गतेदेखि प्रदर्शनको तयारी गरिएको छ।

निर्देशक सुनारका अनुसार, चलचित्रको छायाङ्कन कर्णाली प्रदेशका रमणीय स्थानहरूमा हुनेछ, र तिहारपछि छायाङ्कन सुरु गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu