‘प्रेम पिण्ड’ अभिनेत्री सन्नी रौनियारलाई पितृ शोक



काठमाडौं। नेपाली चलचित्रका पुराना अभिनेत्रीहरू सन्नी रौनियार र हनी रौनियारका पिताको निधन भएको छ। पिता रास बिहारी रौनियार (आर.बी. रौनियार)को निधन शनिवार ललितपुरको मेडिसिटी अस्पतालमा ७८ वर्षको उमेरमा भएको हो। पारिवारिक श्रोतका अनुसार उनी दुई वर्षदेखि मुटु र क्यान्सर रोगबाट पीडित थिए, र उपचारकै क्रममा उनको निधन भएको हो।

रास बिहारी रौनियार नेपालका प्रमुख व्यवसायी थिए। उनले नेपालमा सुक्खा बन्दरगाहको अवधारणा भित्र्याएर देशको व्यापार र ढुवानी क्षेत्रमा ठुलो परिवर्तन ल्याएका थिए। नेपालको आर्थिक विकासमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ। 

अभिनेत्री सन्नी रौनियार नेपाली चलचित्र उद्योगमा एक चर्चित नाम हुन्। उनले अभिनय गरेका प्रमुख चलचित्रहरूमा “आदर्श नारी,” “प्रेम पिण्ड,” “सडक,” “सिता,” र “देव सन्जोग” जस्ता फिल्महरू समावेश छन्। करिब तीन दशक अघि सन्नीले आफ्नो अभिनयबाट दर्शकहरूको मन जित्न सफल भएकी थिइन् र उनलाई तत्कालीन समयको एक प्रमुख अभिनेत्रीको रूपमा सम्झना गरिन्छ।

त्यस्तै, सन्नीकी दिदी हनी रौनियारले “नेकोन एयर” जस्ता विज्ञापनमा अभिनय गरेर आफ्नो पहिचान बनाएकी थिइन्। उनले “आदर्श नारी” चलचित्रमा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu