चलचित्र विकास बोर्ड र सरकारबीच वार्षिक कार्य सम्पादन सम्झौता



काठमाडौं। सरकारले यस आर्थिक वर्षका लागि चलचित्र विकास बोर्डसँग कार्य सम्पादन सम्झौता गरेको छ। तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच भएको सम्झौतामा सरकारले तय गरेका नीति तथा कार्यक्रमका साथै चलचित्र विकास बोर्डका वार्षिक कार्यक्रमहरू समेटिएका छन्। 

यो सम्झौता आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको थियो, जहाँ मन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष उपस्थिति रहेको थियो। मन्त्री गुरुङले समारोहमा विशेष सुझाव र निर्देशन पनि दिएका थिए। 

सम्झौतामा प्रमुख रूपमा बनेपामा निर्माण हुने चलचित्र स्टुडियो र मोफसलमा सिनेमाको स्तरोन्नतिका योजना समावेश गरिएका छन्। यसका साथै, चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले आगामी ६ महिनाभित्र कार्य प्रगतिको प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएका छन्।

यस अवसरमा मन्त्रालयले अन्य मातहतका निकायहरूसँग पनि यस्तै कार्य सम्पादन सम्झौता गरेको छ। यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग पनि यस्तै कार्य सम्पादन सम्झौता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu