चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को भावुक गीत ‘काधेकुरी’ सार्वजनिक



काठमाडौं। आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को नयाँ गीत ‘काधेकुरी’ सार्वजनिक भएको छ। गीतमा एक पिताले आफ्नो छोराका लागि गरेको बलिदान र सङ्घर्षको भावनात्मक कथा प्रस्तुत गरिएको छ। पिताले आफ्नो छोरालाई सहर पठाई शिक्षित बनाउन चाहेका छन्, ताकि उसले आफूले जीवनमा नचाहेर भोगेका समस्याहरू पुनः भोग्न नपरोस्।

गीतले गन्धर्व परिवारको सङ्घर्षपूर्ण जीवनशैलीलाई चित्रण गरेको छ, जसमा एक पिताले सारङ्गी बजाएर गाउँ-गाउँमा घुमी सुन्नेहरूबाट खुसी भएर दिएको पैसाले आफ्नो परिवार चलाउँछन्। पिताले आफ्नो छोरा पनि यही कठिनाइपूर्ण जीवन नबाँचोस् भन्ने आशा राखेका छन्, जुन गीतको मुख्य भाव हो। 

गीतमा विजय बराल, प्रकाश सपुत र स्वयम् केसीको अभिनय देख्न सकिन्छ। यस गीतमा स्वर, शब्द, सङ्गीत, तथा एरेञ्ज प्रशान्त सिवाकोटीको रहेको छ। सारङ्गीमा हेमन्त कान्छा रसाइली र मादलमा कुन्दन शाहको सङ्गीतले गीतलाई विशेष बनाउन सहयोग पुर्‍याएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवनमा आधारित सामाजिक ड्रामा चलचित्र हो। सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ र देशभक्त खनालजस्ता कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

चलचित्र सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति हो। चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन्। चलचित्रको वितरण नेपाल र अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu