किरण र अञ्जना अभिनीत म्युजिक भिडियो ‘मेरी चन्द्रमा’ सार्वजनिक



काठमाडौं। गायक उज्जन शाक्यको स्वर र सङ्गीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ। प्रकृति फिल्म्सको प्रस्तुति रहेको यस गीतमा जेनिस कार्की र डेबिन चौधरीले निर्माण गरेका छन्। 

गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र कुन्दन थारुको मुख्य भूमिका रहेको छ। किरणकै कन्सेप्ट, कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा कोरस डान्सरहरूका रूपमा निरु सिन्जाली मगर, सोफिया गोले तामाङ, प्रबिना श्रेष्ठ, रिजा पाख्रिन, विष्णु मोक्तान, पुष्पा बमजन, सुप्रिया मगर र सोइसा तामाङको अभिनय देख्न सकिन्छ। 

नाट्य अभिनयमा सक्रिय किरण श्रेष्ठले फिल्म ‘पर्खी बसेँ तिमीलाई’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका थिए भने पछिल्लो समय उनी फिल्म ‘दान्भी’मा पनि देखिएका छन्। 

किरण श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक भिडियोको डिओपी शरद महतो, सम्पादन र कलर कृष्ण भण्डारीले गरेका छन्। सहायक निर्देशकको रूपमा सन्जना महर्जन र सहायक कोरियोग्राफी इरा महर्जनले सम्हालेका छन् भने प्रोडक्सनमा पुष्कर कार्की र विक्रम श्रेष्ठ छन्। भिडियोमा हेयर एन्ड मेकअप निजन राईले गरेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu