अनलकी मायालु कसरी पत्ता लगाउलान् विधानले ?



anal-gautam

[dropcap]बी[/dropcap]मा कम्पनीको उच्च पदस्थ कर्मचारीको रुपमा रहँदा अनल गौतमलाई अन्य कामको लागि त्यति फुर्सद हुँदैन  । एभरेष्ट इन्स्योरेन्सका ‘क्लेम म्यानेजर’ गौतमले अति व्यस्तताका बाबजुद साहित्यमा समय दिन भ्याउँछन् । नेपाली गीत-संगीत प्रतिको क्रेज र समर्थन दुवैका कारण अनलले समय मिलाउँछन् । हालै एक गीतको छायांकन गरिएको छ जुन गीतलाई अनलले शब्द जन्माउँदै प्राण भरेका हुन् ।

‘छौ कहाँ तिमी कहाँ छौ …’ बोलको गीत राजधानीको एक होटलमा छायांकन भएको हो । यसअघि ‘जाली रुमाल …’ बोलको गीतको भिडियो निर्देशन गरेर चर्चा पाएका सञ्चारकर्मी विधान कार्कीले अनलको यस गीतलाई निर्देशन गरेका छन् । व्यस्त छायाँकार ग्यानेन्द्र शर्माले यस गीतको चलदृश्य कैद गरेका छन् ।

barsha-ranjan

आफ्नो टिमको मेहनतको सुखद नतिजा यसअघि नै देखिसकिएको र यो गीतमा पनि कुनै शंका नरहेको निर्देशक कार्कीले ठुलोपर्दा डटकमलाई बताए । हाल पोष्टमा रहेको यो भिडियो छिट्टै सार्वजनिक हुने बताईएको छ । एक उच्च पृष्ठभुमिको युवकको वियोगको कथा वरिपरि भिडियोमा समावेश हुने दृश्य घुम्नेछन् ।

यस भिडियोमा रञ्जन रिजाल र बर्षा सिवाकोटीको अभिनय रहेको छ । ‘छौ कहाँ तिमी कहाँ छौ …’ बोलको यो गीतमा राज सागरको स्वर तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu