दीपेन्द्र सोनामको म्युजिक भिडियो ‘पर्खाई’ सार्वजनिक



काठमाडौं। गायक, मोडल तथा युवा व्यवसायी दीपेन्द्र सोनामको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘पर्खाई’ सार्वजनिक भएको छ। यस गीतमा शब्द रचना र सङ्गीत पनि दीपेन्द्र सोनामकै रहेको छ, जसले प्रेमको भावलाई प्रस्तुत गरेको छ।

म्युजिक भिडियोमा रिस्ता अधिकारी, सोनाम र नरेश लामिछानेको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन, कलर, र पोस्टर डिजाइन गरेका हुन्। लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशनमा तयार पारिएको भिडियोको कथा पनि लक्ष्मी बर्देवाले लेखेकी हुन्।

‘पर्खाई’ म्युजिक भिडियो भवसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu