काठमाडौं। गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी गीत ‘माया युकेको’ सार्वजनिक गरेका छन्। श्रेष्ठ र शान्तिश्री परियारको युगल स्वरमा रहेको यो गीतको भिडियो बिहीबार उनको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
यस गीतका शब्द तिलक बस्नेतले लेखेका हुन् भने सङ्गीत पनि तिलक बस्नेतकै रहेको छ। रेकर्डिङ समीर कार्कीले गरेका हुन्, जसलाई नरेन्द्र वियोगीले सङ्गीत संयोजन र मिक्सिङ गरेका छन्। गीतको मास्टरिङ मुम्बईको कैलाश स्टुडियोमा गरिएको हो।
भिडियोमा चीज गुरुङ र निशा मगरको नृत्य रहेको छ। भिडियोलाई रामकुमार केसीले छायाङ्कन गरेका हुन्, भने सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका छन्।
भिडियो: