बानेश्वरको आईएनआई सिनेमाजमा ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन हुने



काठमाडौं। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजले आफ्नो वार्षिकोत्सवको अवसरमा दर्शकलाई विशेष उपहार प्रदान गर्ने भएको छ। भदौ २९ गते, शनिवार, चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिनेछ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सोसल मिडियामार्फत जानकारी दिँदै शनिवार दिउँसो २:३० बजे र साँझ ५:३० बजे दुई शो निःशुल्क प्रदर्शन गरिने जनाएका छन्। इच्छुक दर्शकले सिनेमाको काउन्टरमा सम्पर्क गरी निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन्।

‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, र राज आचार्यको अभिनय रहेको छ। आईएनआई सिनेमाजका सञ्चालकहरूमा दीपकराज गिरी र दीपाश्री निरौला पनि छन्।

त्यसै गरी, निर्माता दीपकराज गिरीले शुक्रवारदेखि आइतबारसम्म जुनसुकै चलचित्र हेर्ने दर्शकलाई पपकोर्न निःशुल्क प्रदान गरिने जानकारी दिएका छन्। साथै, लक्की ड्र मा सहभागी भएर ५० जना भाग्यशाली विजेताले आकर्षक पुरस्कार जित्ने मौका समेत रहेको उनले उल्लेख गरेका छन्।

यसैबिच, ‘छक्का पञ्जा’ सिरिजको पाँचौँ फिल्म, ‘छक्का पञ्जा ५’, यस वर्षको दसैँको अवसरमा फूलपातीको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu