‘शाम्बाला’ हेर्न प्रख्यात बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने



काठमाडौं। बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उनले नेपाल भ्रमणको क्रममा नेपाली चलचित्र ‘शाम्बाला’ हेर्ने योजना बनाएका छन्।

निर्देशक मीनबहादुर भामका अनुसार, हिरानीले यसअघि बर्लिन् चलचित्र महोत्सवमा ‘शाम्बाला’ हेर्न खोजेका थिए, तर सम्भव भएको थिएन। नेपालमा चलचित्र प्रदर्शन भइरहेको समयमा हिरानीले चलचित्र हलमा नै ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका छन्।

हिरानी ‘शाम्बाला’को प्रिमियरमा नै उपस्थित हुन चाहन्थे, तर व्यस्तताका कारण नेपाल आउन नसकेको बताइएको छ। यस पटक उनी पोखराको भ्रमण गर्ने योजना पनि बनाइरहेका छन्। चलचित्र विकास बोर्डले उनको सम्मानमा विशेष कार्यक्रमको तयारी गरिरहेको बुझिएको छ।

हिरानीले निर्देशन गरेका ‘थ्री इडियट्स’, ‘पिके’, ‘सन्जु’, र ‘डङ्की’ नेपाली बक्स अफिसमा पनि सफल भएका थिए। केही दिन अघि निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्धिकीले ‘शाम्बाला’को प्रिमियर हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu