भाइरल डली चायवालाले नेपाल भ्रमण गर्दै



काठमाडौं। भारतका भाइरल सेलिब्रेटी डली चायवाला अर्थात् सुनिल पाटिल भदौ ३१ गते नेपाल भ्रमणमा आउने भएका छन्। बिल गेट्ससँगको फोटो र भिडियो भाइरल भएपछि विश्वव्यापी चर्चामा आएका चायवालालाई भद्रपुरस्थित एक कन्सल्टेन्सीले नेपाल भ्रमणमा ल्याउन लागेको हो।

नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्। उनी राजधानी काठमाडौंमा रहेका शैक्षिक परामर्शदाताहरूसँग भेटघाट गर्ने र पडकास्ट अन्तर्वार्तामा समेत भाग लिने कार्यक्रम रहेको बताइएको छ। उनलाई नेपालका प्रमुख पर्यटकीय स्थलहरू भ्रमण गराइनेछ, जसमा हेलिकप्टर उडान र पोखरा भ्रमण विशेष आकर्षणको रूपमा रहेको छ। 

उनका आयोजकहरूले उनको भाइरल छविलाई नेपालको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने योजना बनाएका छन्। यसमार्फत, नेपालमा अन्तर्राष्ट्रिय सेलिब्रेटीको उपस्थिति र भ्रमणले नेपालको पर्यटन क्षेत्रलाई थप प्रोत्साहित गर्ने आशा गरिएको छ। 

डली चायवाला, जसले जी-सेभेन बैठकको क्रममा बिल गेट्सलाई चिया खुवाएपछि संसारभरका मिडियाहरूमा चर्चा पाएका थिए। हाल विभिन्न ब्रान्डहरूसँग पनि आबद्ध रहेका उनी विदेश भ्रमणमा व्यस्त छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu