पूर्व मिस नेपाल नम्रता श्रेष्ठले चलचित्रमा अभिनय गर्ने, ‘रङ्गी’मा भित्रिइन्



काठमाडौं। पूर्व मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठले नेपाली चलचित्रमा अभिनयको यात्रा ‘रङ्गी’ नामक चलचित्रबाट सुरु गर्ने भएकी छन्। यस चलचित्रमा उनी एक युवावस्थामा समेत बच्चाको जस्तो स्वभाव भएकी युवतीको भूमिकामा देखिनेछिन्।

नम्रताले यसअघि विभिन्न फिल्म र वेब सिरिजको अफर पाएकी थिइन् तर कुनैमा काम गरेकी थिइनन्। चर्चा छ कि उनले एक सिरिजमा आफ्नो भूमिका विवादास्पद र ग्ल्यामरस हुने भएपछि अस्वीकार गरेकी थिइन्।

उनले आफ्नो डेब्यू फिल्ममा सामाजिक र पारिवारिक पृष्ठभूमि झल्काउने भूमिका छनोट गर्दै बढी सावधानी अपनाएको देखिन्छ।

चलचित्र ‘रङ्गी’ सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनेछ। निर्देशक सुरेश न्यौपानेले यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्। चलचित्रको निर्माणमा सक्षम सुवेदी, लेखनमा सुमन गजमेर, र छायाङ्कनमा सौरभ लामाको टिम रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu