दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु



काठमाडौं। दयाहाङ राई र आँचल शर्मा अभिनीत नयाँ फिल्म ‘दुखी आत्मा’ को छायाङ्कन सुरु भएको छ। दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भइरहेको यो फिल्म गत सोमबार, अर्थात् भदौ २४ गतेदेखि काठमाडौंका विभिन्न स्थानहरूमा छायाङ्कन भइरहेको छ। फिल्मको सेटबाट नायक दयाहाङ र नायिका आँचलका केही तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

‘दुखी आत्मा’ मा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अङ्कित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायतका कलाकारहरूले अभिनय गर्दैछन्। निर्देशक लामाका अनुसार सम्पूर्ण फिल्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा छायाङ्कन गरिनेछ। 

फिल्मका निर्माता हिमाल कडरियाले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिन कुनै कसर बाँकी नराखिने बताएका छन्। यसअघि निर्देशक लामा र निर्माता कडरियाको सहकार्यमा बनेको फिल्म ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो, जसले ‘दुखी आत्मा’ प्रतिको दर्शकहरूको अपेक्षा अझै बढाएको छ।

क्लक वर्क क्रियसन्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई सामाजिक कमेडीको रूपमा तयार पारिएको छ। आलोक शुक्लाले छायाङ्कनको जिम्मा लिएका छन् भने सुशान्त गौतमको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र सुदीप ढकालको प्रोडक्शन म्यानेजमेन्ट रहेको छ। आरआर फिल्मस्ले वितरण गर्ने यो फिल्मको रिलिज मिति भने सुटिङ सकिएपछि मात्र घोषणा गरिने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu