सलमान खानलाई १ सय ६७ करोड भारुको घडी उपहार, क्रिस्टियानो रोनाल्डोले पनि लगाउँछन् यो घडी



सलमान खानले हालै अमेरिकन लग्जरी घडी र गहना ब्रान्ड ‘जेकब एन्ड कम्पनी’ का मालिक जेकब अराबोसँग भेटघाट गरेका छन्। यस अवसरमा जेकबले सलमानलाई आफ्नो ‘बिलेनियर III’ नामक घडी उपहारस्वरूप लगाइदिएका थिए। यो विशेष घडीको मूल्य १ सय ६७ करोड भारतीय रुपैयाँ रहेको छ, जसमा ७१४ सेतो हीराका टुक्राहरू जडित छन्।

जेकबले भनेका छन्, “सलमान अरूहरूभन्दा विशेष छन्।” उनले आफ्नो इन्स्टाग्राममा यस भिडियो शेयर गर्दै लेखेका छन्, “मैले कसैलाई पनि ‘बिलेनियर’ घडी लगाइदिन दिएको थिइनँ, तर सलमान अरूहरूभन्दा फरक छन्।”

भिडियोमा जेकब, सलमानलाई आफ्नै हातले घडी लगाइरहेको देख्न सकिन्छ। घडी लगाइसकेपछि सलमानले जेकबलाई अँगालो हालेर घडीलाई क्यामेरामा देखाउँदै फ्लन्ट गरेका छन्। 

जेकबले यो भिडियो शेयर गर्दै भनेका छन्, “सलमानलाई मेरो घडी लगाइदिन पाउँदा म सम्मानित महसुस गरिरहेको छु।”

यो भिडियोमा फ्यानहरूले पनि सलमानको प्रशंसा गरेका छन्। एक जनाले कमेन्टमा लेखेका छन्, “जेकबलाई सलमानले घडी लगाएकोमा गर्व गर्नुपर्छ, किनभने उनी बलिउडका ‘बोस’ हुन्।” अर्को फ्यानले भने, “सलमान बलिउडका जिउँदा किंवदन्ती हुन्।” अरूले त लेखे, “सलमानले यो घडी लगाएर यसको मूल्य झन् बढाइदिए।”

क्रिस्टियानो रोनाल्डोजस्ता सेलेब्रेटीहरूले पनि जेकबको ‘बिलेनियर III’ लगाएका छन्। यो लग्जरी घडीको मूल्य १६७ करोड रुपैयाँ रहेको छ र यसमा १५२ सेतो डायमन्ड र ७६ अन्य डायमन्ड जडित छन्। यसका साथै, यसको ब्रेसलेटमा ५०४ सेतो डायमन्ड जडित छन्। २१६ क्यारेटको यो घडीमा पहेँलो डायमन्डहरू पनि समावेश छन्। जेकबको घडी र गहनाहरू म्याडोना, रिहाना र क्रिस्टियानो रोनाल्डोजस्ता विश्व चर्चित व्यक्तिहरूले लगाउँछन्।

सलमानको आगामी चलचित्र ‘सिकन्दर’ हो। उनी हाल मुम्बईमा यही चलचित्रको छायाङ्कनमा व्यस्त छन्। यो फिल्मलाई ए.आर. मुरुगदासले निर्देशन गरेका छन् भने साजिद नाडियाडवालाले निर्माण गरेका छन्। यसमा सलमानसँगै रश्मिका मन्दाना, प्रतीक बब्बर र सत्यराज पनि मुख्य भूमिकामा देखिनेछन्। यो चलचित्र अर्को वर्ष ईदमा प्रदर्शन हुने छ।

  • दैनिक भास्करबाट
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu