गायिका विष्णु माझीले दसैँ गीत गाउने, श्रोताको व्यग्र प्रतीक्षा



काठमाडौं। लोकप्रिय गायिका विष्णु माझीको स्वर सुन्न आतुर लाखौँ सङ्गीत प्रेमीहरूका लागि खुसीको खबर छ। पछिल्लो तीजको बहुचर्चित गीत “आइन आमा यो तीजैमा” ले छोटो समयमा तहल्का मच्चाएपछि, अब विष्णु माझीले दसैँको लागि नयाँ गीत ल्याउने खबर आएको छ।

श्रोताहरूले उनको यस नयाँ गीतलाई निकै उत्साहका साथ प्रतीक्षा गरिरहेका छन्। माझीका श्रीमान् तथा सङ्गीतकार सुन्दरमणि अधिकारी दसैँ गीतको तयारीमा सक्रिय रहेको मिडियाहरू रिपोर्ट आएका छन्, जसको आकर्षक म्युजिक भिडियो समेत निर्माण हुँदैछ। तर, सधैँझैँ गायिका विष्णु माझी भिडियोमा भने देखिने छैनन्।

माझीको रहस्यमय जीवनशैलीले श्रोताहरूमा उत्सुकता कायम राखेको छ। उनी सार्वजनिक रूपमा नआउनु उनको निजी इच्छा रहेको बताइन्छ। गीत रेकर्डिङका क्रममा समेत उनी कसैको अगाडि नआउने बताइन्छ।

यस्तै, विष्णु माझीलाई एकै पटक १० वटा गीत गाउने प्रस्ताव आएको चर्चा छ। ती गीतहरूको भिडियोमा नेपालका शीर्ष कलाकारहरूलाई सहभागी गराउने योजना बनाइएको खबर छ।

केही वर्षअघि एउटा गीत गाएबापत दुई लाख पारिश्रमिक लिने माझीले अहिले भने पाँच लाखसम्मको डिमान्ड गरेको चर्चा चलिरहेको छ। यद्यपि, उनले कति पारिश्रमिक लिन्छिन् भन्ने गोप्य नै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu