पूर्व मिस नेपाल उषा खड्गीले ‘नरसिंहाः अवतार’बाट चलचित्रमा डेब्यु गर्ने



काठमाडौं। पूर्व मिस नेपाल उषा खड्गीले अभिनेता राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी छन्। यस चलचित्रका निर्देशक तथा लेखक दिवाकर भट्टराईले उषालाई महत्त्वपूर्ण भूमिकामा अनुबन्ध गरेको बताएका छन्। यद्यपि, उनको जोडीको बारेमा भने खुलासा गरिएको छैन।

मिस नेपाल बनेको २४ वर्षपछि उषाले ठुलो पर्दामा पाइला चाल्न लागेकी हुन्। यसअघि उनी केही म्युजिक भिडियो र लघु चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्। २०७४ सालमा उषाले ‘आउँदै जाँदै’ नामक चलचित्र निर्माणको घोषणा गरेकी थिइन्, तर श्रीमान् जीपी तिमल्सिनासँगको सम्बन्ध विच्छेदपछि उक्त चलचित्र निर्माण भएन।

‘नरसिंहाः अवतार’मा राजेश हमाल, उषा खड्गी, सरोज खनाल, राज कटुवाल, नीति शाह, प्रशान्त ताम्राकार, दीपा शाही लगायतका कलाकारहरूको अभिनय रहनेछ। चलचित्रको छायाङ्कन दुई चरणमा हुनेछ, र राजेश हमाललाई दुई फरक लुक्समा प्रस्तुत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu