युट्युबमा १ अर्ब पटक हेरियो सुशान्त सिंह राजपूतको ‘खैरियत पूच्छो’ गीत



काठमाडौं। भारतीय अभिनेता सुशान्त सिंह राजपूतको चलचित्र ‘छिछोरे’को गीत ‘खैरियत पूच्छो’ले अहिले पनि दर्शकहरूको मनमा राज गरिरहेको छ। यस गीतलाई युट्युबमा हालसम्म १ अर्ब भन्दा बढी दर्शकहरूले हेरिसकेका छन्।

अभिनेता सुशान्त सिंह राजपूत आज हाम्रो माझमा नभए पनि उनका चलचित्रहरू र अभिनयले उनको उपस्थिति अझै पनि महसुस गराइरहेको छ। सुशान्तको चलचित्र यात्रामा ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, र ‘काई पो छे’ जस्ता उत्कृष्ट चलचित्रहरू सामेल छन्।

सन् २०१९ मा रिलिज भएको चलचित्र ‘छिछोरे’ मा सुशान्त र श्रद्धा कपूर मुख्य भूमिकामा थिए। यही चलचित्रको लोकप्रिय गीत ‘खैरियत पूच्छो’ अहिले दर्शकहरूको मन पर्ने गीत बनेको छ। यस गीतमा सुशान्त र श्रद्धाको गजबको केमेस्ट्री देखाइएको छ। गीतले धेरै रेकर्डहरू तोडिसकेको छ र युट्युबमा यसलाई १ अर्बभन्दा बढी पटक हेरिएको छ। यो सङ्ख्या लगातार बढिरहेको छ, र गीतले दर्शकहरूबाट धेरै सकारात्मक प्रतिक्रियाहरू पाएको छ।

एक फ्यानले कमेन्ट गरेका छन्, “मन पर्ने गीत, मन पर्ने अभिनेता, मन पर्ने गायक, र मन पर्ने चलचित्र।” अर्का एक फ्यानले लेखेका छन्, “म यहाँ केवल सुशान्त र अरिजित सिंहका लागि आएको हुँ।”

सुशान्त सिंह राजपूतको निधन १४ जुन २०२० मा भएको थियो। उनको मृत्युलाई लिएर अझै रहस्य कायमै छ।

राजपूतको अभिनय यात्रा टेलिभिजनबाट सुरु भएको थियो। धारावाहिक ‘पवित्र रिश्ता’ मा उनले मानवको भूमिका निभाएर घर-घरमा परिचित बनेका थिए। सन् २००८ मा प्रसारित ‘किस देश में है मेरा दिल’ नामक शोबाट उनले आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। कुनै गडफादर बिना, सुशान्तले बलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको चलचित्र ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ ले त बक्स अफिसमा सुपरहिट बनेको थियो।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu