धिरजको जन्मदिनमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक, द्वन्द्वकालको छायामा चलचित्रको कथा



काठमाडौं। आगामी असोज ३ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘खुस्मा’को ट्रेलर मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। प्रमुख अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। 

चलचित्रमा धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले मुख्य भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा १२ वर्षे सशस्त्र द्वन्द्व कालको पृष्ठभूमिमा बिनाकारण बेपत्ता पारिएका युवाको कथा पारिवारिक र सामाजिक परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ। धिरज र उपासनाले प्रेम विवाह गरेपछि गरिबीको कारणले भोग्नुपरेका कठिनाइहरू, वैदेशिक रोजगारीको यात्रा, पारिवारिक उल्झनहरू र विदेश नपुग्दै बेपत्ता पारिएको कथा चलचित्रको मुख्य विषयवस्तु हो। 

अशोक थापा मगरद्वारा लेखन तथा निर्देशन गरिएको यो चलचित्र मगर समुदायको परिवेशमा आधारित छ। ‘खुस्मा’लाई एम मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर रहेका छन्। सह-निर्मातामा सुस्मिता बुढाथोकीले साथ दिएकी छिन्। चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्। चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।

चलचित्रमा धिरज र उपासनाका साथ माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu