चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक, मध्यम वर्गीय परिवारको सङ्घर्ष र नयाँ स्वाद



काठमाडौं। मध्यम वर्गीय परिवारको कथा समेटिएको नेपाली चलचित्र ‘सानो संसार’को ट्रेलर मङ्गलवार सार्वजनिक गरिएको छ। ट्रेलरमा सहरको एक घरमा भाडामा बसिरहेको परिवारको आर्थिक सङ्घर्ष, घरमुलीको मदिरा लत, विदेश पलायनको बाध्यता, र विवाहको उमेर पुगेका छोरीहरूले भोग्नुपरेको पारिवारिक र सामाजिक समस्या जस्ता विषयहरूलाई प्रस्तुत गरिएको छ। 

सिद्धार्थ पुडासैनी निर्देशित यो चलचित्र असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। राजधानी मिडिया र प्रिन्सेस चलचित्रको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अञ्जशा रिजाल, अनु दाहाल, राज पङ्गेनी शर्मा, सीतादेवी तिमिल्सेना, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको स्क्रिप्ट सरिश्मा खत्री र सिद्धार्थ पुडासैनीले लेखेका हुन्। अर्जुन कुमार यसका निर्माता हुन् भने कार्यकारी निर्माताको भूमिकामा माधव वाग्ले छन्। चलचित्रको छायाङ्कन प्रविन खड्काले गरेका छन् भने सम्पादनको जिम्मेवारी रोमी मोसेस तन्दुकारले निभाएका छन्।

निर्माता अर्जुन कुमारका अनुसार ‘सानो संसार’ चलचित्रले लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद ल्याएको छ। उनले यस चलचित्रले दर्शकलाई भिन्न र ताजगीपूर्ण अनुभव दिने विश्वास व्यक्त गरेका छन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu