आठ वर्षपछि हङकङमा ‘मंगोलियन हार्ट’को  विशेष कन्सर्ट



काठमाडौं। आठ वर्षपछि चर्चित नेपाली ब्यान्ड ‘मंगोलियन हार्ट’ हङकङमा पुनः प्रस्तुति दिन तयार भएको छ। सेप्टेम्बर १५ मा युन लोङ थिएटरमा आयोजना हुने यस कन्सर्टमा ब्यान्डले आफ्ना पुराना चर्चित गीतसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछ।

ब्यान्डका गिटारिस्ट र म्यानेजर बबी लामाले हङकङमा आठ वर्षपछि कन्सर्ट गर्ने अवसर पाउँदा विशेष उत्साह व्यक्त गर्दै भने, “हामीले आठ वर्षअघि यहाँको दर्शकबाट अपार माया पाएका थियौँ, र अब फेरि त्यो माया अनुभव गर्न पाउँदा खुसी छौँ। यस पटक विशेष तयारी गरेका छौँ र पुराना तथा नयाँ गीतहरू मार्फत हङकङवासीलाई मनोरञ्जन दिनेछौँ।”

सन् १९९२ मा स्थापना भएको ‘मंगोलियन हार्ट’ ब्यान्डले लोक, स्लो रक, र पप सङ्गीतमा ३२ वर्ष लामो साङ्गीतिक यात्रा तय गरेको छ। ब्यान्डका सदस्यहरूमा गायक राजु लामा, बबी लामा (रिदम गितार), सन्तोष थापा मगर (ड्रम), भूपेन्द्र बज्राचार्य (लिड गितार), पवन कपाली (बेस), विनय महर्जन (बाँसुरी), र बाबुराजा महर्जन (मादल) रहेका छन्। ‘बादलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’ जस्ता गीतहरू मार्फत ब्यान्डले नेपाली सङ्गीतमा अमिट छाप छोडेको छ।

कन्सर्ट नेपाली टच हङकङले आयोजना गर्न लागेको हो। मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोष पुन, र आस्मा विश्वकर्मा पनि विशेष प्रस्तुति दिनेछन्।

साङ्गीतिक यात्राका लागि मंगोलियन हार्टको टिम सेप्टेम्बर ११ मा हङकङ प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu