विदेशमा पनि हिट ‘वितेका पल’



biteka-pal-akron

[dropcap]रा[/dropcap]म्रो चलचित्र बन्दा बन्दै पनि नेपाली बजारमा सोचेनुसार सफलता हात पार्न नसकेको चलचित्र ‘बितेका पल’ले बिदेशमा भने दर्शकको राम्रो साथ पाएको छ । पछिल्लो समय बिभिन्न देशका शहरमा चलचित्रको प्रदर्शनमा व्यस्त बितेका पल निर्माता राजेश घतानी दर्शकको राम्रो साथ पाएकोमा उत्साहित छन् । गत मंगलवार मात्रै जर्मनीको ‘म्युनिख’को बेनो हाउसमा चलचित्र देखाईएकोमा दर्शकले निकै नै राम्रो भन्ने प्रतिक्रिया दिएको घतानीले जर्मनीबाट ठुलोपर्दालाई बताए ।

अमेरिका, अष्टेलिया, जापान, कोरिया र अरबका विभिन्न देशहरुमा प्रदर्शनमा आएसँगै यो चलचित्रले आर्थिक रुपमा पनि राम्रै रकम हात पारेको छ । यो चलचित्रको युरोपमा मात्रै बेल्जियम, होल्याण्ड, डेनमार्क, जर्मनी, हेमवर्ग, फ्रेङ्गकफर्ड, म्युनिख लगायतका ठाँउहरुमा १५ वटा भन्दा बढी सोहरु भईसकेको निर्माता घतानिले जानकारी दिए । हिमालय एसोसिएसनको सहकार्यमा यो चलचित्रलाई युरोपमा प्रदर्शन गर्ने अवसर मिलेको हो ।

बिदेशका बिभिन्न शहरमा रहेका नेपालीहरुबाट चलचित्र राम्रो भन्ने प्रतिक्रिया पाएपछी चलचित्रका निर्माता र निर्देशक मख्ख छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu