सलोनले चलचित्र बनाउने, ‘रङ्गी’ राखियो नाम



काठमाडौं। सलोन सलिना फिल्म्स प्रा.लि.ले निर्माण गर्ने चलचित्रको नाम ‘रङ्गी’ राखिएको छ। अभिनेता सलोन बस्नेतले टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरेका हुन्।

यो चलचित्रको निर्देशन सुरेश न्यौपानेले गर्नेछन्, जसका लागि यो डेब्यू निर्देशन हुनेछ। उनले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चर्चित फिल्महरूमा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए।

टाइटल पोस्टरमा साइकलमा बसेकी बालिका र उनलाई खेलाइरहेका एक पुरुषको दृश्य देख्न सकिन्छ, जसले बाबु-छोरीको कथालाई चित्रण गर्ने सङ्केत गर्छ। पोस्टरको पृष्ठभूमिमा सूर्यास्तको रमणीय दृश्यले भावनात्मक कथा प्रस्तुत गर्न थप बल दिएको छ।

सक्षम सुवेदी निर्माता रहेको यस चलचित्रको कथा सुमन गजमेरले लेखेका छन् भने छायाङ्कन सौरभ लामाले गर्नेछन्। अन्य कलाकार र टिमको छनोट भने हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu