काठमाडौं। लोकप्रिय गीतकार डा. शिव सुवेदीको नयाँ लोकगीत ‘नरोऊ है आमा’ सार्वजनिक भएको छ। यो गीतमा आमाको चिन्ता र छोरीको माया समेटिएको छ, जसमा आमालाई आश्वस्त पार्ने भावनात्मक शब्द राखिएको छ। गीतमा अस्मिता डल्लाकोटीले स्वर दिएकी छिन्, भने नन्दु परियारले सङ्गीत भरेका छन्। सङ्गीत संयोजन भने पूर्ण संयोगले गरेका हुन्।
‘नरोऊ है आमा’ गीतको रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो। यस गीतलाई म्युजिक भिडियोको साथमा प्रस्तुत गरिएको छ। भिडियोमा अस्मिता डल्लाकोटी स्वयं मुख्य भूमिकामा देखिएकी छिन्। अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार, र कुशल पोखरेलले उनलाई साथ दिएका छन्।
भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायाङ्कन राजेश घिमिरेले गरेका छन्। भिडियोको सम्पादन शिव पौडेलले गरेका हुन्।
गीत: