फेरी रेखा नै अगाडी, जिवन नायकमा उत्कृष्ट



[dropcap][/dropcap]स बर्षको बक्स अफिस फिल्म अवार्डमा नायिका रेखा थापा र नायक जिवन लुईँटेल उत्कृष्ट भएका छन् । पछिल्ला दूई बर्षका १२१ चलचित्रको प्रतिष्पर्धाबाट अवार्ड गरिएको हो । उत्कृष्ट चलचित्र ‘रिदम’ कहलिएको छ भने ‘राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड’को तेश्रो संकरणमा घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।

जिवनले ‘रिदम’बाट नै उत्कृष्ट नायक बने भने यसै चलचित्रबाट निर्देशक विकास आचार्य उत्कृष्ट भए । रेखा थापाले पब्लिक च्वाइस अवार्ड समेत पाईन । उनले आफैले बनाएको चलचित्र ‘काली’बाट उत्कृष्ट नायिकाको अवार्ड पाईन । ‘काली’ बाट नै उत्कृष्ट संगीतकारको अवार्ड वसन्त सापकोटाले पाए ।

त्यस्तै नायक राजेश हमालले पब्लिक च्वाइस र ‘मेरो राजेश दाई’बाट चरित्र अभिनेताको अवार्ड पाए । नव निर्देशकतर्फ ‘मोक्ष’ सिनेमाबाट प्रविण श्रेष्ठ, गायिकातर्फ ‘रिदम’बाट रजिना रिमाल, गायकतर्फ ‘विन्दास २’ बाट शिव परियारले अवार्ड थापे ।

rekha-award

नव-नायक अनमोल केसी र नव-नायिका प्रकृती श्रेष्ठ भए । यि दुवै ‘होस्टेल’ चलचित्रबाट उत्कृष्ठ ठहरिए । ‘होस्टेल’ पब्लिक च्वाइसतर्फबाट पनि उत्कृष्ट बन्यो । सह-अभिनेता सलोन बस्नेतले पनि ‘होस्टेल’बाट अवार्ड पाउन सफल भए ।

नायिका करिश्मा मानन्धरले ‘किन किन’बाट सह-अभिनेत्रीको अवार्ड पाईन । उत्कृष्ट हाँस्य कलाकार केदार घिमिरे, उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज, उत्कृष्ट द्वन्द्व रोशन श्रेष्ठ, उत्कृष्ट चरित्र अभिनेत्री गीता अधिकारी, उत्कृष्ट गीतकार दयाराम पाण्डे,  उत्कृष्ट संवाद दिपकराज गिरी, उत्कृष्ट पटकथा विकास आचार्य, उत्कृष्ट कथा योगेश घिमिरे, उत्कृष्ट ध्वनी उत्तम न्यौपाने, उत्कृष्ट पोशाक डिजाइनर उत्तम बनेपाली, उत्कृष्ट छायांकर पुरुषोत्तम प्रधान, उत्कृष्ट पाश्र्व संगीत एलिश कार्की, उत्कृष्ट सम्पादन बनिश शाह, उत्कृष्ट कला निर्देशक स्वर्गिय गोपाल भूटानी, उत्कृष्ट मेकअप निमा लामा साथै निर्देशक दिनेश डीसी र गायक राजेश पायल राईले पनि पब्लिक च्वाइस अवार्ड प्राप्त गरे ।

अवार्ड कार्यक्रममा नायक भूवन केसीलाई नेपाली सिनेमाको माइलस्टोन अभिनेताको सम्मान प्रदान गरियो । सिनेमाका १२१ निर्मातालाई सम्मान गर्दै ब्लकबस्टर फिल्म, चर्चित निर्माता, विशेष फिल्मलाई पनि अवार्ड तथा सम्मान दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu