वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको घोषणा



काठमाडौं। ललितपुरको लन्जेटिभी हेल्थ होमले नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई जीवनभर निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको छ। यो घोषणा नेपाल चलचित्र निर्देशक समाजको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको अवसरमा गरिएको हो, जहाँ ५६ जना कलाकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा १०० जनाभन्दा बढी फिल्मकर्मीहरूको सहभागिता रहेको थियो। शिविर दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। शिविरका संयोजक नेपाल चलचित्र कलाकार सङ्घका निर्वतमान अध्यक्ष रवीन्द्र खड्काले अपेक्षाभन्दा धेरै सफल भएको बताउँदै स्वास्थ्य परीक्षणमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको सेवा निःशुल्क प्रदान गरिएको जानकारी दिए। आगामी दुई वर्षसम्म चलचित्रकर्मीहरूलाई लन्जेटिभी हेल्थ होमले २०% छुटको सेवा दिने सम्झौता गरिएको छ।

कार्यक्रमको सभापतित्व नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो। अन्य अतिथिहरूमा राजकुमार राई, मोहन निरौला, रवीन्द्र खड्का, र कृष्ण शाही रहेका थिए। निर्देशकहरू मनोज पण्डित, मिलन चाम्स, र ऋषि लामिछाने, साथै कलाकार किरण केसी र नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल लगायतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

फोटोः बद्री थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu