के हलिउडको ‘वाक अफ फेम’मा नाट्यकर्मी सुनिलको नाम बिच्छ्याइएको हो ?



काठमाडौं। नेपालका चर्चित नाट्य निर्देशक तथा अभिनेता सुनिल पोखरेलले अमेरिकाको लस एन्जलसस्थित प्रसिद्ध ‘वाक अफ फेम’मा आफ्नो नाम समावेश गराउँदै पहिलो नेपाली कलाकारको रूपमा यो सम्मान प्राप्त गरेको खबरले आइतबार नेपाली सिनेनगरी तात्यो। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा पोखरेलकी पत्नी निशा शर्माले यसबारे जानकारी र फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा “तिमीमा गर्व छ माया” भन्दै भावुक पोस्ट सेयर गरेकी थिइन्।

उनले यो पोस्ट गरेसँगै सामाजिक सञ्जालमा यो खबर फैलिएको थियो। तर यसबारे आधिकारिकता भने पुष्टी भएको छैन। वाक अफ फेमको अफिसियल वेबसाइटमा पनि यसबारेमा केही जानकारी छैन। सुनिलले पनि आफुलाई यसबारे थाहा नभएको बताएका छन्।

‘वाक अफ फेम’लाई विश्वभरि फिल्म, सङ्गीत, नाटक, तथा अन्य कला विधाका व्यक्तित्वहरूको प्रतिष्ठाको स्थान मानिन्छ। यस सम्मानलाई हलिउड चेम्बर अफ कमर्सले व्यवस्थापन गर्दै आएको छ। करिब २.१ किलोमिटर लामो यस मार्गमा हरेक वर्ष १० मिलियनभन्दा बढी पर्यटक आउने गर्छन्। सन् २०२३ सम्म २,७५२ भन्दा बढी कलाकारहरूले ‘वाक अफ फेम’मा आफ्नो स्थान बनाइसकेका छन्।

यस्तो छ निशाको पोस्ट:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu