कला संस्कृतिलाई सांस्कृतिक हस्तक्षेपबाट जोगाउन सङ्गीतको ठुलो भूमिका: राष्ट्रिय सभा अध्यक्ष



काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक हस्तक्षेपबाट नेपाली मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीतको ठुलो भूमिका रहने बताएका छन्। दाहालले आइतबार शास्त्रीय सङ्गीतकर्मी चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘सङ्गीत स्वराधना’ को विमोचन गर्दै भूमण्डलीकरणको समयमा बलिया राष्ट्रहरूको सांस्कृतिक प्रभावबाट जोगिन नेपाली गीतसङ्गीतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।

विमोचन कार्यक्रममा अध्यक्ष दाहालले गीतसङ्गीतले समाजलाई अघि बढाउने विशेष भूमिका खेल्ने र यसले समाजलाई सुसंस्कृत र एकताबद्ध बनाउने बताउँदै सङ्गीत क्षेत्रको विकासले नेपाली समाजलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले खोजमूलक र अनुसन्धानात्मक पुस्तकहरूको प्रकाशनले नेपाली कला संस्कृतिको मौलिकता जोगाउन योगदान पुर्‍याउने उल्लेख गरे।

वरिष्ठ सङ्गीतकर्मी दीपक जङ्गमले पुस्तक शास्त्रीय सङ्गीत बुझ्न चाहनेहरूको लागि उपयोगी हुने बताए। यस्तै, वरिष्ठ सङ्गीतकार शुम्भजीत बास्कोटाले पुस्तकले शास्त्रीय सङ्गीतमा रुचि राख्नेहरूलाई प्रेरित गर्ने र सङ्गीत क्षेत्रमा सफलताका लागि लेखक श्रेष्ठले गरेका सङ्घर्षलाई प्रस्तुत गर्ने बताए।

कार्यक्रम नेपाल सङ्गीतकार सङ्घले आयोजना गरेको थियो, जहाँ अध्यक्ष चेतन सापकोटाले ‘सङ्गीत स्वराधना’ पुस्तक शास्त्रीय सङ्गीत सिक्न चाहनेहरूका लागि पठनीय हुने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu