चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को छायाङ्कन सम्पन्न, माघ ११ गते रिलिज



काठमाडौं। चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को छायाङ्कन पूरा भएको छ। चलचित्रको छायाङ्कन २५ दिनसम्म काठमाडौं र ललितपुरमा गरिएको थियो। निर्देशक दीपेन्द्र के. खनालले प्राविधिक र कलाकारहरूको सहयोगका कारण छायाङ्कन निर्धारित समयभित्रै सकिएको जानकारी दिएका छन्।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रले सामाजिक कथावस्तुलाई रमाइलो र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको बताइएको छ।

चलचित्रको कार्यकारी निर्माताको भूमिका युवराज कार्कीले निर्वाह गरेका छन् भने शरद श्रेष्ठ, किरण महर्जन, र राजीव श्रेष्ठले ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरेका हुन्।

यो चलचित्र माघ ११ गते रिलिज हुने घोषणा गरिएको छ। बुद्धि सागरले लेखेको कथामा आधारित यो चलचित्रको छायाङ्कन कृष्ण बहादुर थापाले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu