‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक, समीर भट्ट र गुजराती अभिनेत्रीको अभिनय



काठमाडौं। नेपाली चलचित्र ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको छ। यो रोमान्टिक गीतमा डेब्यु अभिनेता समीर भट्ट र चर्चित गुजराती तथा दक्षिण भारतीय अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन्। सोनुले यस चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा आफ्नो डेब्यु गरेकी छन्।

गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ भने नकाश अजिजले गायन प्रस्तुत गरेका छन्। यसका साथै, गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्, जहाँ समीर भट्टको डान्स स्टेपको विशेष प्रशंसा गरिएको छ। सार्वजनिक पोस्टर र टिजरले सिर्जना गरेको उत्साहका कारण यस गीतको प्रतीक्षा उच्च रहेको थियो।

चलचित्र ‘१२ गाउँ’मा पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि अभिनय यात्राको थालनी गरेका छन्। यसै गरी, कलाकारहरूको लिस्टमा बिराज भट्ट, नरेन खड्का, दिया मास्के, शुलेमान शङ्कर, र तारा शर्मा जस्ता चर्चित नामहरू पनि रहेका छन्। 

चलचित्रको द्वन्द्व निर्देशन तमिल र कन्नड चलचित्रका स्टन्ट सिल्भा र शङ्कर महर्जनले गरेका छन् भने छायाङ्कन काठमाडौं, ललितपुर, वीरगन्ज, र हेटौँडामा गरिएको छ। चलचित्र बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति हो, जसमा अर्जुन पोखरेल र नीरजको सङ्गीत रहेको छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu