अभिनेत्री तथा पपस्टार सेलेना गोमेज अरबपतिहरूको सूचीमा



अमेरिकी अभिनेत्री र पपस्टार सेलेना गोमेज ३२ वर्षको उमेरमा अरबपति बन्न सफल भएकी छिन्। सौन्दर्य प्रसाधन उद्योगमा आफ्नो ‘द रेयर ब्युटी’ नामक ब्रान्डमार्फत उनले उल्लेखनीय आर्थिक सफलता प्राप्त गरेकी छिन्। गोमेजको अनुमानित कूल सम्पत्ति अहिले १.३ बिलियन अमेरिकी डलर पुगेको छ, जसको करिब ८० प्रतिशत हिस्सा ‘द रेयर ब्युटी’ ब्रान्डबाट आएको हो।

‘द रेयर ब्युटी’ ब्रान्डले पछिल्लो १२ महिनामा मात्र ४०० मिलियन डलरको बिक्री गरेको छ, जसले सेलेनालाई अमेरिकाको कान्छा अरबपतिहरूमध्ये एक बनाएको छ। गोमेजको कूल सम्पत्तिमा सङ्गीत एल्बम बिक्री, स्ट्रीमिङ सम्झौता, ब्रान्ड साझेदारी, कन्सर्ट टिकट, अभिनय पारिश्रमिक, र मानसिक स्वास्थ्य स्टार्टअपमा गरिएको लगानीको पनि भूमिका रहेको छ।

सेलेना गोमेज सन् २०१६ मा अन्तिम पटक विश्व सङ्गीत भ्रमणमा निस्किएकी थिइन् भने उनको पछिल्लो एल्बम ‘रेयर’ सन् २०२० मा रिलिज भएको थियो। हाल उनी हुलुमा प्रसारण भइरहेको लोकप्रिय कमेडी शृङ्खला ‘ओन्ली मर्डर्स इन द बिल्डिङ’ मा अभिनय गरिरहेकी छिन्, जसमा उनको उत्कृष्ट प्रदर्शनको लागि एमी पुरस्कारमा समेत मनोनयन भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu